दफा १८क
कोषलाई छुट र सुविधा
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कोषलाई देहायको छुट र सुविधा प्राप्त हुनेछः– (क) कोषले दिने कर्जा वा पुनकर्जाको लिखत रजिष्ट्रेशनमा रजिष्ट्रेशन दस्तूर नलाग्ने । (ख) कोषसँग गरिने कुनै किसिमको कारोबारको लिखतमा कोषलाई आय टिकट दस्तुर वा रजिष्ट्रेशन दस्तुर नलाग्ने ।